विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

  • साझा डबली
  • आइतवार, साउन ५, २०७६
  • काठमाडौं, साउन ५। सरकार र विप्लव समूहबीच वार्ता प्रयास जारी रहेकै बेला प्रहरीले विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ । वार्ता प्रक्रियामासमेत सक्रिय रहेका लामालाई प्रहरीले विशेष सूचनाको आधारमा राजधानीको काँडाघारीबाट शनिबार राति पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामालाई राती साढे १२ बजे पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले राजधानीका विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा लामाले निर्देशन दिने गरेको दाबी गर्दै पक्राउ गरिएको जनाएको छ । नेता लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । माइला लामा विप्लवका अत्यन्तै निकटस्थ र पार्टीका प्रभावशाली नेता मानिन्छन् ।

    प्रतिबन्ध लगाउनुअघि राजधानीको तीन स्थानमा विप्लव समूहले बम विस्फोट गराउँदा ६ जनाले ज्यान गुमाएका थिए । सरकारको प्रतिबन्धपछि विप्लव समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology