‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक कोका–कोला

  • साझा डबली
  • सोमवार, भदौ ३०, २०७६
  • काठमाडौं, भदौ ३०। चर्चित गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ को मुख्य प्रायोजन कोका–कोलाले गर्ने भएको छ ।

    आइडलले देशभरका विभिन्न शहरहरुमा तेस्रो सिजनको अडिसनको घोषणा गरिसकेको छ । नेपालमा पहिलोपटक कोका–कोलाले गायन प्रतियोगितामा प्रायोजन गरेको हो ।

    नेपाल आइडलको सिजन १ र २ दर्शकले निकै रुचाएपछि आयोजकलाई तेस्रो सिजन गर्ने उर्जा मिलेको छ । पहिलो र दोस्रो सिजनमा न्ह्यू बज्रचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जाशी जजको रुपमा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology