Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173
वर्षौदेखी खिया लागेर बसेको मेसिन जस्तो भएको छ राज्य : युवा नेता रमेश कठायत::साझा डवली | सवैको साझा निष्पक्ष कलम

वर्षौदेखी खिया लागेर बसेको मेसिन जस्तो भएको छ राज्य : युवा नेता रमेश कठायत

  • साझा डबली
  • बिहिबार, फाल्गुन २, २०७५
  • बझाङमा जन्मिएका रमेश कठायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता हुन । लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय कठायत संग साझा डबलीले समसामयीक बिषयमा गरिएको कुराकनीको केहि अंश यहाँ प्रस्तुत गरेका छौँ ।

    -तपाईको राजनितिक पृष्ठभूमी बारे केही बताई दिनुस न ?

    मेरो राजनितिक यात्रा कक्षा ८ मा पढ्दा देखीको शुरु भएको हो । त्यतिबेला म अखिल क्रान्तिकारीमा आबद्ध थिए । स्कुल सकिएपछि म अध्ययनको सिलसिलामा काठमाडौं पसे । काठमाडौँको अमृत साईन्स क्याम्पसमा भर्ना भएर राजनिति र पढाईलाई संगसंगै लागे । मेरो ध्यान पढाईमा भन्दा बढी राजनीतिक गतिबिधिमा हुन्थो । स्कलमा पनि संगठन त थियो तर भूमिगत थियो । मैले त्यहा संगठनको काम गरे । मेरो औपचारिक राजनितिक यात्रा काठमाडौ पढ्दा पढ्दै सुरु भएको हो ।

    धादिङमा शिक्षण पेशामा रहदा म अखिल नेपाल शिक्षक संगठनमा आबद्ध हुन पुग्या । यो संगठन माओवादी पार्टी निकट शिक्षक संगठन हो । पछि मैले शिक्षक पेसालाई छोडेर पार्टीको पूर्णकालिन सदस्य बन्या । संगठनको धादिङ जिल्ला सचिव बनेसँगै पार्टीको पनि एरिया, जिल्ला, राज्य र केन्द्रिय सदस्यसम्मको जिम्मेवारीसम्म सम्मालेको छु ।

    -तपाई कम्यूनिष्ट आन्दोलनमै किन लाग्नु भयो ?
    म कम्यूनिष्ट आन्दोलनमा लाग्नुको सहायक कारण धेरै होलान तर मूख्यत कारण मेरो आफ्नै विद्रोही स्वभाव हो । अन्यया र अत्यचार सहन नसक्ने त्यसका विरुद्ध कम्यूनिष्टहरु लड्छन भन्ने सुनेको थिए । त्यही चेतनाले मलाई कम्यूनिष्ट बनायो । तपाईलाई म मेरो बच्चबेलाको एउटा घट्ना सुनाउछु, म कक्षा ६ मा पढ्थे त्यतिबेला क. प्रचण्ड भन्दा पनि बाबुरामको नाम चर्चित थियो । मैले सामन्तहरुलाई मार्ने भन्दै नामको बाबुराम भटराईको चिठी अनि हस्ताक्षर ठोके। आफैले राती गएर गाँउका २.३ वटा पसलहरुमा टासी दियाँ । त्यसले गाँउमा हंगामा भयो। गाउका एकजना शिक्षक थिए । उनले मेरो अक्षर पत्ता लगाए । खुब गाली खाईयो । अनि दाईहरुको कुटाई पनि । तर म अहिले पनि भन्छु त्यो बेला मैले जे गरेको थिए ठिक गरेको थिए ।

    अर्को कुरा गाँउमा जातिय र वर्गिय विवेद चर्को थियो । मेरो आफ्नै दाई पनि एमालेको तर्फबाट सक्रिय राजनितिमा थिए । २०५४ को स्थानिय निर्वाचनमा सदस्य जित्नु भएको थियो । पछि अलिक बुझ्दै गएपछि त देश र जनताको आमूल परिवर्तनको लागी सचेत ढंगको आन्दोलनको खाचो बुझेर कम्यूनिष्ट आन्दोलनमा लागीयो । मेरो आफ्नै गाँउको कथा व्यथा, अत्यचार गरिव माथीको दमनले पनि क्रान्तिकारी कम्यूनिष्ट बन्ने स्थिति थियो । समग्र देशको विवेदको चित्र मेरो गाँउमा थियो ।

    -तपाई कोहीबाट प्रभावित भएर वा अन्य कुनै घट्नाबाट प्रभावित भएर यो आन्दोलनमा लाग्नु भएको हो ?
    म सानै हुदा २०४९ मा मदन भण्डारी बझांग आएका थिए । मदन भण्डारी आउने भनेपछि चैनपुरमा गाँउबाट मान्छेहरुको ओइरो लागेको थियो । म पनि आमासँग त्यतिबेला चैनपुर गएको थिए । भाषण त मैले सम्झेको छैन तर उहाको बोल्ने कलाले भलाई प्रभावित बनाएको थियो । म त्यही बेलादेखि कम्यूनिष्टप्रति आकर्षक भएको हु । पछि आएर क. प्रचण्डको कुराबाट प्रभावित भएर म माओवादी पार्टीमा आकर्षित हुन पुगे । पछि म आफुनै सचेत ढंगले र बैचारिक रुपमा प्रष्ट भएर आन्दोलनमा सहभागी भएको हु ।

    -अहिले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेविच एकता प्रकृया चलिरहेको छ । फरकधारबाट आएका दुइ पार्टीबीचको एकतालाई तपाई युवाहरुले कसरी लिनुहुन्छ ?

    अहिलेको पार्टी एकतालाई मैले ऐतिहासिक उपलब्धिको रुपमा लिएको छु । पुष्पलालदेखीको इतिहास हेर्दा कम्यूनिष्ट आन्दोलन फुट्दै जुट्दै आएको देखिन्छ। २००६ सालमा स्थापना भएको पार्टी अहिलेसम्म आउदा विभिन्न हण्डर र ठक्कर खादै, टुटफुटका अनुभवहरु बटुल्दै यो अवस्थामा आईपुगेको छ । विभिन्न काल खण्डमा हामीले अलग अलग बाटो हिडेपनि हाम्रो मूल एउटै थियो, लक्ष्य एउटै थियो । र पुग्नु पर्ने ठाँउ पनि एउटै हो ।

    रणनैतिक कार्यदिशा समाजवाद, साम्यवाद एउटै भए पनि त्यहाँसम्म पुग्ने कार्यनैतिक कार्यदिशा अलग हुन पुग्यो । जसका कारण रंग फरक देखियो । तर स्वाद एउटै थियो । तर त्यतिबेलाको आवश्यक्ता थियो र अहिलेको आवश्यक्ता एकता हो । सदन गाँउघर, शहरमा कम्यूनिष्टहरुको बाहुल्यता हुने तर जताततै काग्रेसको राइघाट हुने भाईफुटे गवार लुटे भने जस्तै यसको अन्त्यको लागी पनि अहिलेको एकता हो । नितिगत भष्ट्रारचार मौलाउन अस्थिरता, सजिलै विदेशी चलखेल हुन जनतालाईगासवास कपास स्वास्थ्य शिक्षा रोजगारको ग्यारेण्टी नहुनु यी यावत विषयहरुको अन्त्यको लागी कम्यस्निष्ट एकता हो ।

    अर्को कुरा यो एकतालाई हाम्रो पुस्ताको सवभन्दा ठुलो गर्व र चुनौतीको रुपमा लिएको छ । एकतासँगसगै यसलाई कायम राख्ने, देशमा विकासका आधारहरु तयार पार्ने जनतालाई परिवर्तनको आभास दिलाउनु पूमुख चुनौतीहरु रहेका छन् । मुख्य कुरा देशलाई तिब्र विकासको गतिमा अगाडी बढाउने र समाजवादका आधारहरु तयार पारी अगाडी बढ्ने यो एकिकरणको मुख्य कार्य हो ।

    -अहिले सरकारले गरि रहेका कामबाट जनता त्यती सन्तुष्ट छैनन् नी ? तपाईलाइ कस्तो लाग्छ ?
    यसलाई हामीले जनताको असन्तुष्टी भन्दा पनि सरकार गलतबाटो नजाओस भनेर खवरदारी गरेको रुपमा बुझ्नु पर्छ । पक्कै पनि कामकारवाही जुन गतिमा हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । हामीले अलिक छिटो रिजल्ट खोजि रहेको हुन्छौ । तर सरकारले त्यो गतिमा काम गर्न सक्दैन र असन्तुष्टि पैदा हुन्छ । वर्षौदेखी खिया लागेर बसेको मेसिन जस्तो भएको छ राज्य। यसको पुननिर्माण एकतिर छ भने अर्कोतिर नयाँ कार्यक्रमहरु थालनी गर्नुछ ।

    सरकारलाई म एउटा सुझाव दिन चाहान्छु । गफ भन्दा पनि काम गर्नुस, मनोमानी ढंगले स्थानिय सरकारले लिएर करमा लगाम लगाउनुस । शिक्षा, स्वास्थ्यलाइ जनताको पहुच र सर्वसुलभ बनाई दिनुस, बेरोजगार भत्ता भन्दा पनि राज्यमा आमजनताको पहुच पुयाउने काम गर्नुस । यसो गरे मात्र जनताले मुरीमुरी ताली दिनेछन् । तर यो कुरा चाहिँ साचो हो कि विगतको सरकारको भन्दा अहिलेको सरकारले समग्रमा राम्रै कामको थालनी गरेको छ ।

    -प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सडक आन्दोलन गरिरहेको छ । तपाईको पाटीले यसलाई कसरी हेरिरहेको छ ?
    नेपाली कांग्रेस एक पुरानो प्रजातान्त्रिक पार्टी हो । सत्ता बाहिर बस्दा यस्तो छटपटाहट हुनु स्वाभाविक नै हो । कांग्रेसले यस्तो गैरलोकतान्त्रीक विधी अपनाउला भन्ने मैले सोचेको पनि थिईन । अवको केही वर्षपछि चुनाव हुन्छ । राजनितिक एजेण्डाविना नै सडकमा उफ्रिनुलाई आम जनताले पनि ठिक मानेका छैन । बलात्कार, हत्या हिंसाका विषयमा आवज उठाउनु स्वाभाविक हो । सरकारले गरेको नराम्रा कामका विषय कुरा उठाउने ठाँउ सदन छदैछ । वेतुकको सडकमा गएर एजेण्डा विहीन तरिका उफर्नु भ्यागुता उफ्राई मात्र हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology