काठमाडौं,बैशाख २९ । पश्चिम नेपालमा मध्य राती भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । दैलेख, सुर्खेतमा भूकम्पको धक्का महशुस गरिएको सुर्खेत र दैलेखबाट सामाजिक सञ्जालमा सन्देशहरु दिइएको छ ।
राती १२ बजेर ३६ मिनेटमा ५. १ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ । त्यस्तै भुकम्पको ठुलो झड्काले मध्यरातमा मानिसहरु घरबाहिर निस्किएका दैलेखबाट साझा डबली रिपोर्टर्सले जानकारी दिएका छन्।