कैलाली,साउन २ । धनगढी नगरपालिका ४ स्थित एक होटलमा विस्फोट भएको छ । बिहिबार साँझ भएको विस्फोटमा परी ५ जना गम्भीर घाइते भएका छन् ।
सहिद चोक नजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका संचालक केशव चन्दसहित, राम सिह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक पुष्कर पन्तले बताए।
उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए।
घटनास्थलमा प्रहरीले सिलबन्दी गरी अनुसन्धान गरिरहेको छ ।