काठमाडौँ, चैत ५ । साताको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार तोलाको ६० हजार रुपैयाले कारोबार भएको छापावाल सुन सोमबार भने तोलामा २ सयले घटेर ५९ हजार ८ सय रुपैयामा कारोबार भएको थियो ।
मंगलबार फेरी तोलामा १ सय रुपैयाले घटेर प्रति तोला ५९ हजार ७ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुन चांदी ब्यबसायी महासंघले जनाएको छ ।
यस दिन तेजाबी सुनको मूल्य ५९ हजार ४ सय रुपैया रहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार चाँदीको मूल्य भएन स्थिर रहेको छ ।
आइतबार प्रति तोला ७ सय ३५ रुपैयामा कारोबार भएको चांदी सोमबार भने चाँदी तोलामा ५ रुपैयाले घटेर प्रति तोला ७ सय ३० रुपैयामा कारोबार भएको थियो भने आज मंगलबार पनि सोहि मुल्य अर्थात् तोलाको ७८ सय ३० रुपैयामा कारोबार हुने नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।