Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173
सेक्स रसायन हो। कलात्मक पोनोग्राफी बनाउने एक विद्यार्थीको कथा::साझा डवली | सवैको साझा निष्पक्ष कलम

सेक्स रसायन हो। कलात्मक पोनोग्राफी बनाउने एक विद्यार्थीको कथा

  • साझा डबली
  • शनिबार, जेष्ठ ४, २०७६
  • एजेन्सी। २३ वर्षका फोटोग्राफीकी विद्यार्थी ब्लथ आफ्नो कलात्मक सोचका माध्यमबाट पोर्न फिल्मलाई सुन्दर बनाउने प्रयासमा छिन् ।ब्लथका अनुसार जब उनी पढिरहेकी हुँदिनन् त्यसबेला उनी कलात्मक पोनोग्राफी बनाउनमा व्यस्त हुन्छिन् ।

    मनिसहरु प्रायः उनका फिल्महरुलाई सुन्दर भन्छन् जुन शव्दको पोर्नसँगै कुनै नाता हुँदैन ।कुनै दृश्यमा ब्लथलाई गुलाबका पत्रहरुले भरिएको बाथटबमा त कुनै युवतीमाथि तरल मैनबत्ती स्लो मोसनमा खन्याइरहेको देख्न सकिन्छ ।उनले स्कटिस क्वीर इन्टरनेसनल फिल्म फेस्टिबलका साथै बर्लिन र लण्डन पोर्न फिल्म फेस्टिबलमा समेत स्क्रिनिङ गर्ने मौका पाएकी छन् ।

    ब्लथ भन्छिन् : मैले यस्ता धेरै मानिस भेटेको छु जसले मैले बनाउने फिल्म पोर्न नभै कला भएको बताउँछन् । तर जब मानिसहरु क्यामरामा सेक्स गरेको देख्छन् तब त्यो पोर्न हो ।

    ब्लथ ती तमाम महिला पोर्न निर्देशकमध्ये एक हुन् जसले पोर्न उद्योगलाई नयाँ तथा फरक चिज दिने कोसिसमा छन् ।अन्यको कुरा गर्दा एरिका लस्ट, ज्याकी सेन्ट जेम्स, जोएन्ना एन्जेल तथा नीना हार्टली जस्ता चर्चित पोर्न फिल्म निर्देशक पनि छन् ।बेलायतको राजधानी लण्डनको पूर्वी क्षेत्रमा जन्मिएकी ब्लथ वास्तवमा लेस्बियन अर्थात् महिला समलिंगी हुन् । उनले क्याथोलिक स्कुलमा पढिन् । क्याथोलिक स्कुलको आफ्नो अनुभव उनलाई भयानक लाग्छ । स्कुलमै कसैले उनको झोलामा ठूला अक्षरमा लेस्बियन लेखिदिएछ जुन झोला उनले लामो समयसम्म बोकिरहिन् ।

    १८ वर्षको उमेरमा उनले एक पोर्न साइट पत्ता लगाइन् जसमा केटीहरुले आफै आफ्ना भिडियोहरु शूट गरेर अपलोड गर्दथे ।अलग अलग टाटू, कपालका शौखिन तथा अनेक थरी जिउडाल भएका महिलाहरुका भिडियो थिए त्यहाँ जुन मुलधारका मिडियाहरुमा कहिल्यै देखिँदैनथ्यो ।उक्त वेबसाइटको सबैभन्दा आकर्षणको विषय के भने त्यसमा भिडियो अपलोड गरेका महिलाहरुले सबै आफ्नो इच्छाले त्यसो गरेका थिए र आफुलाई जे गर्न मन लाग्छ त्यहीँ गरेका थिए ।

    ब्लथको इच्छा पनि निर्वस्त्र फोटोग्राफी गर्नु थियो र उनले आफ्नो नग्न शरीरको फोटो खिचेर त्यो अभ्यास गर्थिन् । त्यहाँ एक समुदाय यस्तो पनि थियो जसले महिलाहरुलाई त्यसका लागि पैसा पनि दिन्थ्यो ।ब्लथ अहिले पनि त्यहीँ चाहनाका साथ भिडियो बनाउँछिन्, त्यसलाई अपलोड गर्छिन् । उनका फ्यानहरुको संख्या निकै धेरै छ ।

    हालै बीबीसीको एक कार्यक्रममा आएकी ब्लथ आफूलाई पोर्न फिल्मभन्दा म्युजिक भिडियो बढी मन पर्ने र यो सबै एक सुन्दर फिल्मको हिस्सा बनोस् भन्ने आफूले चाहने बताइन् ।उनी कुनै पनि पोर्न फिल्मको सुटिङ गर्नुअघि काम गर्नेहरुको मन पर्ने नपर्ने बानीका बारेमा ख्याल गर्छिन् ।ब्लथका अनुसार उनका ग्राहकमा केबल केटीहरु मत्र होइन केटाहरु तथा एकल पुरुषहरु समेत छन् । सोसल मिडियामा आफ्लाई दैनिक ६५ हजार मेसेज आउने उनी बताउँछिन् ।

    अहिले लाइभ पोर्नको जमाना आएको छ । ठूलो संख्यामा पोर्नस्टारहरु आर्थिक फाइदा तथा आफुलाई चाहनेहरुसँग कुराकानीका लागि समेत लाइभ प्रदर्शन गर्दछन् ।सोसल मिडियाको आगमनसँगै पोर्न उद्योगलाई निकै फाइदा पुगेको ब्लथ बताउँछिन् । त्यसबाट पोर्नकर्मी र दर्शकबीचको दूरी छोटिएको छ ।उनी भन्छिन्ः सेक्स इमोसनल हुन्छ ।

    यो केवल शारीरिक विषय मात्र होइन । यो रसायन हो र सामाजिक विषय हो आफ्ना पोर्न फिल्ममा ब्लथको मूख्य फोकस माहोलमा हुन्छ । किनकी वास्तविक दुनियाको सेक्समा यी चिज निकै महत्वपूर्ण हुन्छन् ।

    ब्लथ भन्छिन्: मलाई विश्वास छ की मैले लामो समयसम्म समलिंगी मानिसहरु, उनीहरुको जिन्दथी तथा उनीहरुबीचको सेक्सलाई खिचिरहनेछु।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology