Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173
चौथो पोखरा स्पोर्टस् अवार्ड : विभिन्न विधाका पुरस्कार राशिमा वृद्धि, पत्रकारलाई २० हजार::साझा डवली | सवैको साझा निष्पक्ष कलम

चौथो पोखरा स्पोर्टस् अवार्ड : विभिन्न विधाका पुरस्कार राशिमा वृद्धि, पत्रकारलाई २० हजार

  • साझा डबली
  • आइतवार, जेष्ठ ५, २०७६
  • पोखरा, जेठ ५ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि गरेको छ । यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको छ । यस वर्ष थप विधा वर्ष चर्चित खेलाडीसहित विभिन्न ८ विधामा अवार्ड दिइनेछ ।

    मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न आठौं बैठकले खेल पत्रकारिता अवार्ड प्राप्त गर्ने एकजना पत्रकारलाई नगद २० हजारसहित अवार्ड प्रदान गरिने निर्णय गरेको हो । गत वर्ष खेल पर्यटन पत्रकारिता अवार्ड प्राप्त गरेका नागरिक दैनिकका सन्तोष पोखरेलले नगद १५ हजारसहित अवार्ड प्राप्त गरेका थिए ।

    यस्तै, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी र वर्ष प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरिनेछ । वर्ष चर्चित खेलाडी विधा यस वर्ष थप भएको हो भने उदियमान खेलाडी र वर्ष प्रशिक्षकको राशिमा १० हजार वृद्धि गरिएको हो । वर्ष उत्कृष्ट खेल संघलाई नगद १५ हजारसहित सम्मान गरिनेछ । गत वर्ष १० हजारमात्र थियो ।

    ‘समृिद्धका लागि खेलकुद’ मूलमन्त्रका साथ पोखरा सभागृहमा जेठ २४ मा हुने स्पोर्टस् अवार्डको सबैभन्दा महत्वपूर्ण विधा वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला को बन्ला भन्ने रोचक छ । मञ्चले वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल र वर्ष खेलाडी महिलालाई विगो स्कूटरसहित अवार्ड प्रदान गर्नेछ । सोको प्रायोजन बतास ब्रदर्श प्रालिले गरेको छ ।

    यस्तै, लामो समय खेल क्षेत्रमा समर्पित व्यक्तिलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । सो अवार्ड चाँदीजडित हुनेछ । विभिन्न विधामा सामसङ मोवाइलसमेत वितरण गरिने तयारी छ ।

    पपुलर प्लेयरका लागि सामाजिक सञ्जालसहित एसएमएस भोटिङलाई आधार बनाइने हुँदा सोको प्राविधिक संयोजक जिम्मा रञ्जन अधिकारीलाई दिने निर्णय बैठकले गरेको छ ।

    लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता अवार्डबाहेक अन्य विधामा उत्कृष्ट ३ मनोनयन हुनेछ । उत्कृष्ट ३ मध्ये १ अवार्ड
    पाउने भाग्यमानी हुनेछन् ।

    मञ्चले खेल पत्रकारिता र खेलसम्बद्ध अन्य अवार्डका लागि दुई छुट्टाछुट्टै छनोट समिति गठन गरेको छ । गत वर्षका वर्ष खेलाडी कमल भण्डारी र बिमला नेपाली हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology