काठमाण्डौं, जेष्ठ १०। चिरपरिचित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
निक्कै चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका खरेलको आवाजमा सझिएको गीत ‘कहाँ गयौं तिमी’ बोलको गितको भिडियो सार्वजनिक भएको छ ।
दुर्गा प्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगित रहेको उक्त गितको भिडियो झापा, इटहरी, भेडेटारलगायत पूर्वका बिभिन्न रमणीय ठाउँहरुमो छायांकन गरिएको छ ।