Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/advanced-cache.php on line 22

Warning: include(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-base.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 136

Warning: include_once(/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php): failed to open stream: No such file or directory in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173

Warning: include_once(): Failed opening '/home/sites/11b/5/54135444bd/public_html/wp-content/plugins/wp-super-cache/ossdl-cdn.php' for inclusion (include_path='.:/opt/cpanel/ea-php74/root/usr/share/pear') in /home/newskira/public_html/sajhadabali.com/wp-content/plugins/wp-super-cache/wp-cache.php on line 173
बडादसैं, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था कडा, एक हजार प्रहरी परिचालन::साझा डवली | सवैको साझा निष्पक्ष कलम

बडादसैं, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था कडा, एक हजार प्रहरी परिचालन

  • साझा डबली
  • बुधबार, अशोज १, २०७६
  • काठमाडौं, असोज १। नजिकै आइरहेको बडादसैं, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २३५ प्रहरी परिचालन गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार पत्रकार सम्मेलन गरी भयरहित वातावरणमा आम नागरिकले चाडपर्वलाई मनाउन पाउन् भन्ने उद्देश्यका साथ एक हजार २३५ प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

    उपरीक्षक मैनालीले सुरक्षा योजनाअन्तर्र्गत सवारी दुर्घटनामा न्यूनीकरण गर्ने, धार्मिक मेला लाग्ने मठमन्दिर र देवालयमा सम्भावित घटनाहरु रोकथाम गर्ने, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने, मादक पदार्थ र जुवातास नियन्त्रण गरिने बताए ।

    उनले जिल्लामा ४० चेक प्वाइन्ट राखिएको, पूर्वपश्चिम राजमार्गमा सात स्थानमा गस्ती टोली खडा गरिएको, सात वटा ‘रिजर्भ’ टोलीलगायत खटाएर सुरक्षा व्यवस्थालाई बलियो पारिएको बताए ।

    प्रहरीले गाडी र मोटरसाइकलमार्फत २४ घण्टा गस्ती गर्ने, बैङ्क तथा वित्तीय संस्था, ठूला व्यापारिक केन्द्र, प्रतिष्ठानलगायतका कार्यालयमा सुरक्षा व्यवस्थालाई कडा बनाउँदै बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन कार्यसमेत शुरु गरिएको उनले बताए ।

    गुण्डागर्दी, चोरी र लुटपाटका सम्भावित घटना रोक्न सवारी साधनमा पनि सादा पोशाकमा हतियारसहितका प्रहरी परिचालन गरिएको उपरीक्षक मैनालीले जानकारी दिए । झापा जिल्लाको प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले सुरक्षा व्यवस्थालाई बलियो बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतका समितिहरुलाई सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताए । – रासस

    बजार अनुगमनमा तीव्रता

    यता चाडपर्व नजिक हुने क्रमसँगै सम्बद्ध सरकारी निकायले नेपालगञ्जमा बजार अनुगमनमा तीव्रता दिएका छन् । सोही क्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जदेखि बजार अनुगमनमा तीव्रता दिएको हो ।

    टोलीले मंगलबार नेपालगञ्जको खाद्य उद्योगको अनुगमन गरेको छ । अनुगमनका क्रममा सुर्खेत रोडमा रहेको कृष्ण स्विट एण्ड बेकरी उद्योगबाट म्याद नाघेका पेय पदार्थहरु नष्ट गरिएको सहायक प्रजिअ उपाध्यायले बताए । उक्त उद्योगलाई म्याद नाघेका खाद्य पदार्थ नराख्न र खरीद बिलसहित सम्बन्धित कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

    यस्तै विनायक फुड इन्डष्ट्रिज र कस्तुरी फुड प्रोडक्ट्समा पनि अनुगमन गर्दा ब्याच नम्बर र उत्पादन मिति प्रष्ट बुझिने गरी नराखिएकाले अब उप्रान्त त्यसो नगर्न चेतावनी दिइएको छ ।

    संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण, नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योगलगायत कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology